नियम १६
कार्यकारी निर्देशकलाई पदबाट हटाउँदा अपनाउनु पर्ने प्रक्रिया

(१) कार्यकारी निर्देशकले कोषलाई हानिनोक्सानी हुने कुनै काम कारबाही गरेको वा समितिको नीति निर्देशन विपरीत काम गरेको व्यहोराको जानकारी पाएमा समितिले सो कुराको जाँचबुझ गर्न समितिका सदस्यहरूमध्येबाट तीनजना सदस्यहरू रहेको एउटा जाँचबुझ समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा कार्यकारी
निर्देशक, कोषको कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूलाई आफूसमक्ष उपस्थित गराई आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(३) जाँचबुझ समितिले जाँचबुझको कार्य समाप्त भएपछि आफ्नो रायसहित जाँचबुझको प्रतिवेदन समितिलाई बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ समितिले पेश गरेको जाँचबुझको प्रतिवेदनबाट कार्यकारी निर्देशकले कोषलाई हानिनोक्सानी हुने कुनै काम कारबाही गरेको वा समितिको नीति निर्देशन विपरीत काम गरेको देखिएमा समितिले कार्यकारी निर्देशकलाई पदबाट हटाउनु अघि
कारण र आधार खोली स्पष्टीकरण प्रस्तुत गर्न मनासिब समय दिई सूचना दिनु पर्नेछ सो म्यादिभित्र कार्यकारी निर्देशकले कुनै स्पष्टीकरण पेश नगरेमा वा निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्नेछ ।
(५) यस नियम बमोजिम कार्यकारी निर्देशक उपर लागेको आरोपको जाँचबुझ गर्न जाँचबुझ समिति गठन भएपछि जाँचबुझको काम नसकिएसम्म कार्यकारी निर्देशकले पदीय कर्तव्य पालन गरेमा कोषको हित विपरीत हुने भन्ने कुरा समितिलाई लागेमा समितिले कार्यकारी
निर्देशकलाई पदीय काम कारोवार गर्नबाट रोक लगाउनु पर्नेछ ।
(६) कार्यकारी निर्देशकले जानी जानी कोषलाई हानिनोक्सानी पुप्याएको कुरा प्रमाणित भएमा निजबाट त्यस्तो हानि नोक्सानी प्रचलित कानुन बमोजिम असुल उपर गरिनेछ ।